ज्योति मण्डल / आवृति अर्ज्याल

जनकपुरधामको बाह्र बिघा मैदानमा भगवान शिवको चर्चामा हुँदै थियो, त्यही आउनुभएको थियो ६५ वर्षिय मनटुटिया देवी। बाह्र बिघा मैदानमै लागेको अर्को मेला देख्नुभयो मनटुटिया देवीले। जीवन शक्ति मेला नामको त्यो शिविरमा उहाँ कौतुहलले छिर्नुभयो। त्यहाँ ‍ नि: शुल्क मधुमेह परिक्षण भइरहेको थाहा पाउँदा द‌ङ्ग पर्नुभयो ।६५ वर्षको उमेर मनटुटियाले पहिलो पटक मधुमेह जाँच गराउनु भयो । रगतमा चिनीको मात्रा बढेको रहेछ। ‍

मनटुटिया भन्नुहुन्छ, “मलाई मधुमेह भएको थाहा थिएन तर आज जाँच गराउँदा मेरो चिनीको मात्रा बढेको रहेछ। मलाई अच्चम लाग्यो।अब यो रोग लागे पछि मलाई मन परेको खाना खान नपाउने भए जस्तो लागेको थियो। हैन रहेछ। मेलामा नै आएका ‍पोषण विज्ञले सन्तुलित आहार र दैनिक व्यायाम गर्दा यो रोक्न र नियन्त्रण गर्न सकिने वताए। अब त्यसै गर्छु ।”

मनटुटिया देवीलाई मात्र हैन धेरै नेपालीलाई मधुमेहका बारेमा अनेकन भ्रम छन् । आम मानिसको धारणामा मधुमेह एउटा विकराल रोग हो । धेरैलाई यो सरुवा रोग हो भन्ने लाग्छ । यो रोग लागेका मानिसले रोटी मात्र खाएको पनि भेटिन्छ। कन्दमुल अर्थात जमिन मुनी उब्जिने खानेकुरा नखाने पनि छन् अनि तितो खाना मात्र खाने पनि छन् । उसिनेको चामल मात्र खाने, फलफूल नखाने, मधुमेह भएकाका लागि अलग खाना पकाउने, मधुमेह भएको महिला गर्भ धारण गर्न सक्दैनन् भन्ने अनेकन गलत धारणामा बाँचेका छन् नेपालीहरू।

मधुमेह सम्बन्धी यस्ता गलत धारणाबाट आम मानिसलाई मुक्त गर्न जनकपुरको बाराबिघामा फागुनको दोश्रो साता जीवन शक्ति मेलाको आयोजना गरिएको थियो।यस मेलामा मिथिला कला मार्फत विभिन्न मनोरञ्जन तथा ज्ञानवर्धक सामाग्रीहरु प्रदर्शन गरिएको थियो।त्यहाँ देखाएका सबै चित्र कथा, छोटो चलचित्र वा बृत्तचित्र, हाजिर जवाफ तथा नाटकहरुको एउटै लक्ष्य थियो मधुमेहका बारेमा चेतना जगाउने । यस बाहेक नि: शुल्क मधुमेह परिक्षण, पोषणसम्बन्धी सल्लाह पनि मेलामा उपलब्ध थियो।

मधुमेहका बारेमा जनचेतना जगाउन ढिलो भइसक्यो किनकी नेपालमा मधुमेहजस्ता नसर्ने रोग NCD (Non communicable disease) घरघरमा फैलिरहेको छ।दक्षिण पूर्व एशियामा मृत्युको एउटा प्रमुख कारण नसर्ने रोग हो भनेर विश्व स्वास्थ्य स‌ंगठनले सन् २०१३ मा नै भनिसकेको हो। सन् २०१५ मा गौतमले गर्नुभएको एक अनुसन्धानले मधुमेहका बारेमा नेपालीमा बुझाई निकै कम छ भन्ने देखाएको छ।

दक्षिण पूर्व एशियामा मधुमेहले करिब ९६ लाख मानिसलाई प्रभाव पारेको छ (Cousin, 2017), तर जिवन शैलिको परिवर्तन अर्थात दैनिक शारिरीक क्रियाकलापमा बृद्धि, स्वस्थ्य आहार खाने, सामान्य शरिरको वजन कायम राख्दा र सुर्तीजन्य पर्दाथ तथा तनाव नियन्त्रणका माध्यमबाट मधुमेहलाई रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ। जिवन शैलिमा परिवर्तन गराउन नै जीवन शक्ति मेलाको आयोजना भएको हो।

यो मेलामा ८०० भन्दा बढि सर्वसाधारणले नि: शुल्क मधुमेह परिक्षण गराए । यस्तो मधुमेह मेला जनकपुरमा पहिलो पटक हुँदा सबै ‍खुसी थिए । यस्तो कार्यक्रम बेलाबेलामा हुनु पर्छ पनि भन्ने धारणा राख्ने धेरै थिए । मिथिला कला मार्फत मधुमेहका भ्रमहरू हटाउने प्रयास मेलामा गरिएको थियो।

जीवन शक्ति मेलाका बारेमा छापिएका समाचार।

Leave a Reply

Your email address will not be published. All the fields are required!


The reCAPTCHA verification period has expired. Please reload the page.

Comments (0)

No comments found.

Other Blogs