प्रतिजैविक प्रतिरोधको परिचय

प्रतिजैविक प्रतिरोध (Anti-Microbial Resistance) भनेको के हो ?

हाम्रो शरिर र वातावरणमा लाखौँ साना जीवीत तत्व हुन्छन् । यी जिवीत तत्वहरूलाई उपकरणको सहायता विना
हा\म्रो आँखाले देख्नसकिदैन । यिनलाई हामी सुक्ष्मजीव भन्दछौं । यस्ता सुक्ष्मजीवहरू माटो , हावा , पानी र मानिस
तथा पशुपंक्षिको शरिरमा बस्छन् । जस्तै भाईरस, ब्याक्टेरिया , परजीवी र ढुसीलाई हामी सुक्ष्मजीव भन्दछौं । कति पय
सुक्ष्मजीवहरू शरिरका लागि अपरिहार्य हुन्छन् भने कति पयले बिरामी बनाउँछन् । यदी यस्ता सुक्ष्मजीवले मानिस वा
पशुपंक्षिलाई संक्रमित बनाए भने उपचार गर्नुपर्ने हुन्छ । उपचारका लागि संक्रमण गराउने सुक्ष्मजीविरूद्द औषधीको
प्रयोग गर्नुपर्ने हुन्छ । जस्तै निमोनिया संक्रमण गराउने ब्याक्टेरिया विरूद्द एन्टिवायोटिक, एचआइभी संक्रमित गराउने
भाइरसबिरूद्द एन्टिभाइरल, मलेरिया को संक्रमण गराउने परजीवी विरूद्द एन्टिप्यारासाइट र दादउत्पन्न गराउने
फंगी विरूद्द एन्टिफंगल औषधी द्वारा उपचार गरिन्छ ।

Show more

Download related files

Other Resources